१३ असार २०८३, शनिबार

निर्वाचित सरकार ढालेर सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनु प्रतिगमन होः खगराज अधिकारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज, २६ कात्तिक । नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले ’केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णय’लाई प्रतिगमनको संज्ञा दिएका छन् । उनले नयाँ निर्वाचनमा जानु अघि उक्त प्रतिगमन सच्चिनुपर्ने पनि बताए ।

प्रेस चौतारी नेपाल,बाँकेल आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा अधिकारीले स्पष्टरुपमा भने,–’कोही पनि भ्रममा नपर्नुहोला जसरी सडक बिद्रोहका नाममा सरकार बनाइएको छ । यो प्रतिगामी कदम हो । यो कदम सच्चिए मात्रै नयाँ राजनीतिक कोर्स तयार हुन्छ ।’

अधिकारीले प्रतिगामी कदम सच्चाउन संसद पुनःस्थापना हुनुपर्ने बताउँदै भने,–’छोटो समयका लागि संसद पुनस्र्थापन गरेर संसद नभएको व्यक्ति पनि प्रधानमन्त्री बनाउने सक्ने गरि संविधान संशोधन गर्ने र त्यसैका आधारमा संवैधानिक प्रकृयाबाट नयाँ राजनीतिक कोर्ष तयार गर्नुको बिकल्प छैन ।’

गत भदौ २३–२४ गतेका अपराधिक कार्यले सम्पुर्ण जेन्जी जेनेरेसन माथि नै न्याय गर्न नसकेको बताउनुहुँदै उहाँले पछिल्लो समयमा भएका घटनाक्रम को छानविनका लागि उच्चस्तरीय आयोग बनाउन सकिने र नवयुवा सहितको सर्वपक्षिय सरकार बनाउन सकिने कुरा उल्लेख गरे । तर, सर्वाच्च अदालतको न्यायधिस मानवअधिकार आयोग बाहेक अन्त कहीँ पनि नियुक्त हुनु नहुने कानुन व्यवस्थाको धज्जी उडाइएको उल्लेख गरेका छन् ।

उनले भने,–‘आफैले नजिर खडा गरेको व्यक्ति अहिले प्रधानमन्त्री हुनुहुन्छ । यस्तो ज्यादतिपुर्ण र लोकतन्त्र विरोधि कुरालाई किमार्थ यसको पक्षपोषण गर्न सक्दैनौं । यो सरासर कु नै हो । कु गरेको कुरालाई हामी समर्थन गर्न सक्दैनौं । हामी प्रतिगमनका विरुद्व छौ ।’

निर्वाचनमा जाने की नजाने भन्ने प्रसंगमा, सबै पक्षलाई शान्ति र सुरक्षाको प्रत्यभुत गराउन सकेको खण्डमा एमाले निर्वाचनमा जाने कुरामा जोड दिए । यद्यपी, निर्वाचनका नाममा राजा ज्ञानेन्द्रले कमल थापालाई अघि सारेर निर्वाचन गराएको जस्तो हो भने यस्ता अवैधानिक काम रोकिनुपर्ने उनको तर्क थियो ।

क्रान्ति जारी रहेको भन्दै उहाँले सामन्तवाद र साम्राज्यवादका अवशेषहरु विरुद्व लोकतन्त्रको संरक्षणका लागि प्राप्त उपलव्धिको संरक्षण गर्दै नयाँ उपलव्धीका लागि जानुपर्छ भन्ने जननेता मदन भण्डारी र अहिलेका पाटी अध्यक्ष केपी ओलिको यस अवधारणमा सबै एकमत रहेको बताए ।