काठमाडौं, २६ कात्तिक । मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिष्ट पार्टीसँग समाहित हुन पाउँदा विगतको बिछोडको आलो घाउमा मलम लगाएको जस्तो महसुस भएको बताएका छन् ।
बुधबार राष्ट्रिय सभागृहमा भएको सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरू र कम्युनिष्ट पार्टीलाई विकृत गरेर आफ्नो निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरेर सोही ठाउँबाट छुट्टिएर गएको स्मरण गर्दै आज त्यो घाउमा मलम लगाएको महसुस भएको बताएका हुन् ।
उनले भने, ‘कम्युनिष्ट पार्टीलाई विकृत गरेर आफ्नो निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरेर यहीँ ठाउँबाट छुट्टिएर गएको थियो । आज फर्किँएर यहाँ बस्नुभएको नेता कमरेडहरूबीच उभिएर कुरा राख्न पाउँदा त्यो बिछोडको दिनको आलो घाउमा मलम लगाएको जस्तो महसुस भएको छ ।’








प्रतिक्रिया