२३ जेष्ठ २०८३, शनिबार

इडब्लुभी सुरु हुँदै, आज २ खेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । जन जी आन्दोलनका स्थगित एभरेष्ट महिला भलिबल लिग ९इडब्लुभी० को बाँकी खेल आज सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज दुई खेल हुनेछन् । कर्णाली यशविसले र मधेश युनाइटेडबीच पहिलो खेल हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुने बताइएको छ ।

त्यस्तै साँझ ५ बजे सुरु हुने खेलमा शीर्ष स्थानको ललितपुर क्विन्स र पोखरा निन्जाजबीच हुनेछ । पोखरामा इडब्लुभीको‌ दोस्रो संस्करण जारी रहँदा भदौं २३ र २४ को‌ आन्दोलनका कारण स्थगित भएको थियो ।

लिगको १६ मध्ये ९ खेल पोखरा भईसकेको थियो । आजबाट सुरु हुने खेलमा भने विदेशी खेलाडी हुने छैनन् । हरेक टोलीमा रहेका ९ खेलाडीबाट खेल सक्ने सहमति अनुसार बाँकी खेल हुने इडब्लुभीका प्रतियोगिता संयोजक जगदिश भट्टले‌ जानकारी दिए ।

हरेक टोलीले मार्की, ७ खेलाडी अक्सन, १ खेलाडी ट्यालेन्ट हन्ट र ३ विदेशी खेलाडी लिएका थिए । ‘विदेशी खेलाडी पुनः ल्याउनका लागि केहि समय पनि लाग्ने देखियो ।

प्रतियोगिता अप्रत्याशित रोक्नु परेकोले यसलाई चाहिँ टुंगाउनु पर्छ भन्ने भयो, भट्टले भने, यहि अवस्थामा जसरी सकिन्छ सम्पन्न गरौं भन्ने भएपछि अघि बढेका हौं ।’ इडब्लुभीमा ६ टोली सहभागी छन् । गत वर्ष कर्णालीले उपाधि जितेको थियो ।