२२ जेष्ठ २०८३, शुक्रबार

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । रोयल स्पेनिस फुटबल फेडेरेशन र बार्सिलोनाको बीच लामिन यमललाई लिएर तनाव सिर्जना भएको छ । यमलको चोट लुकाएको आरोपमा रोयल स्पेनिस फुटबल फेडेरेशन बार्सिलोनाप्रति असन्तुष्ट भएको हो ।

विश्वकप छनोटअन्तर्गत जर्जिया र टर्कीविरुद्धको खेलअघि यमल चोटग्रस्त भएका थिए । तर, बार्सिलोनाले समयमै राष्ट्रिय टोलीलाई जानकारी गराएको थिएन । स्वास्थ्यको अवस्थालाई ध्यानमा राखेर स्पेनका प्रशिक्षक लुइस डेला फुएन्टेले उनलाई टोलीबाट फिर्ता पठाएका छन् ।

तर, क्याटलान क्लबको गैर–पेशागत व्यवहारले प्रशिक्षकलाई आश्चर्यचकित र निराश बनाएको छ । उनले भविष्यमा यस्ता घटना दोहोरिन नपरोस् भनी चेतावनी दिएका छन् । यमल युवा भए पनि स्पेन र बार्सिलोनाको मुख्य खेलाडी हुन् । त्यसैले उनलाई लिएर बार्सिलोना र राष्ट्रिय टोलीबीच बारम्बार तनाव उत्पन्न हुँदै आएको छ ।

गत अक्टोबरमा पनि विश्वकप छनोटका दुई खेलका लागि टोलीमा राखिए पनि खेल्न पाएका थिएनन्। त्यतिबेला ह्यान्सी फ्लिकले यमललाई दुखाइ कम गर्ने औषधि दिएर खेलाएको आरोप लगाएका थिए । यस कारण बार्सिलोनाले केही महत्त्वपूर्ण खेल यमलबिनै खेल्नु परेको थियो ।

यसपटक पनि यस्तै घटना दोहोरिएको छ । बार्सिलोनाले केही प्रशासनिक प्रक्रिया गर्दा स्पेनको फुटबल फेडेरेशनलाई जानकारी गराएको थिएन । त्यसपछि उनी चोटग्रस्त भएको पुष्टि भयो । उनलाई ७–१० दिनको विश्राम आवश्यक देखिएको छ ।

फुएन्टेले भने,‘ला लिगाको च्याम्पियन र विश्वका उत्कृष्ट क्लबमध्ये एउटा क्लब बार्सिलोना हो । यो क्लबबाट यस्तो व्यवहार अपेक्षित थिएन । यमलको बारेमा बार्सिलोनाको व्यवहार फुटबलको लागि सकारात्मक होइन। भविष्यमा उनीहरू सतर्क रहोस् भन्ने आशा गर्छु ।’