२७ असार २०८३, शनिबार

तोलामा २१ सय घट्यो सुन, चाँदी बढ्यो

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । बुधबार सुनको भाउ तोलामा २१ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ तय गरेको छ ।

अघिल्लो दिन २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकेको थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च तोलाको २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

सुनको भाउ घटे पनि चाँदी बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँ बढेको महासंघले जनाएको छ । अघिल्लो दिन तोलाको ३१७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१७५ रुपैयाँ कायम भएको छ । यसअघि असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च तोलाको ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।