२८ असार २०८३, आइतबार

सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कार्तिक । सानिमा बैंकको प्रमुख कार्यकारी निर्देशक (सीईओ) मा पवनकुमार आचार्य नियुक्त भएका छन् ।

बैंकले आचार्यलाई माघ १२ गतेदेखि लागु हुनेगरी चार वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । आचार्य हाल सानिमा बैंककै डेपुटी सीईओ हुन् र सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गते सकिँदैछ।

आचार्यले अघि पनि बैंकका दश विभागको विभागीय प्रमुखका रुपमा अनुभव बटुलेका छन् ।

कर्जा मुल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा विज्ञ रहेका उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटल सञ्चालक समितिमा अध्यक्षका रुपमा कार्यरत छन् ।

आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर हासिल गरेका छन् ।