२४ असार २०८३, बुधबार

प्यान र इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कार्तिक । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा उल्लेखित स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।

ग्राहकहरूको खाताबाट हुने कर कट्टी सम्बन्धी विवरण ‘आयकर ऐन, २०५८’ अनुसार नेपाल सरकारको आन्तरिक राजस्व विभागको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने हुन्छ।

त्यसैले ग्राहकले आफ्नो प्यान जानकारी बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको प्यान अपडेट विकल्पमार्फत सजिलै अद्यावधिक गर्न भनेको हो । इच्छुक ग्राहकले आफूलाई नजिकको कुनै पनि एनआईसी एशिया बैंक शाखा कार्यालयबाट पनि प्यान अद्यावधिकका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकले बताएअनुसार निक्षेपकर्ताको ब्याज भुक्तानीमा काटिएको करलाई ई–टीडीएस रेकर्डमा सूचीकृत गर्न प्यान अनिवार्य हुन्छ। प्यान अद्यावधिक गरेपछि सम्बन्धित कर विवरण स्वतः ‘अनुसूची १०’ मा मिलान हुने र ग्राहकलाई कर कट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने बताइएको छ। यसले बैंकमा प्रत्यक्ष उपस्थित हुनुपर्ने आवश्यकता पनि हटाउनेछ।

बैंकले प्यान अद्यावधिक नगरिएका खाताहरूको ब्याज कर ई–टीडीएस मा दाखिला नहुने र त्यसपछिका समायोजनमा बैंक जिम्मेवार नहुने स्पष्ट पारेको छ।