२८ असार २०८३, आइतबार

महालक्ष्मी विकास बैंकका ग्राहकलाई दराज नेपालको ११:११ अभियान अन्तर्गत विशेष छुट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कार्तिक । महालक्ष्मी विकास बैंक लिमिटेड र दराज नेपालबीच ११:११ ग्लोबल सेल्स अभियानको अवसरमा ग्राहकहरूलाई विशेष अफर र लाभ प्रदान गर्न सहकार्य गरिएको छ।

विश्वव्यापी रूपमा मनाइने यस ११:११ अभियानमार्फत बैंकले आफ्नो डिजिटल बैंकिङ सेवा विस्तार गर्ने रणनीतिअनुसार दराज नेपालसँग सहकार्य गरेको जनाएको हो।

यो सहकार्यअन्तर्गत २०८२ कार्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म, महालक्ष्मी विकास बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले दराजमार्फत सामान खरिद गर्दा विशेष छुट पाउनेछन्।

ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५५ वा अधिकतम १,५०० सम्मको छुट, क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०५ वा अधिकतम २,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

छुट पाउनका लागि ग्राहकहरूले दराजबाट भौचर संकलन गर्नुपर्नेछ, र योजनाको अवधिभर प्राथमिकताका आधारमा छुट प्रदान गरिनेछ।

बैंकले यस्तो सहकार्यले ग्राहकहरूलाई डिजिटल माध्यममार्फत अझ नजिक ल्याउने, भुक्तानी प्रणालीलाई सुरक्षित र सहज बनाउने, साथै डिजिटल नवप्रवर्तनमार्फत ग्राहक सन्तुष्टि बढाउने विश्वास व्यक्त गरेको छ।

यसअघि पनि बैंकले आफ्ना क्रेडिट कार्ड धारकका लागि विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको कार्ड प्रयोग गरी ६ देखि १२ महिनासम्म किस्तामा भुक्तानी गर्न सक्ने योजना सुरु गरिसकेको छ।

बैंकका अनुसार यस्ता नविनतम सहकार्य र योजनाले ग्राहकहरूलाई सुविधा दिने मात्र होइन, देशमा नगदरहित कारोबार संस्कृतिको विकासमा पनि योगदान पुर्‍याउनेछ।