
काठमाडौं, २५ कात्तिक । खोप नलिएको कारण अर्जेन्टिनाको टोलीबाट हुलियन आल्भारेज, नाहुएल मोलिना र जियोलियानो सिमियोनेलाई बाहिर राखिएको छ ।
अर्जेन्टिना आगामी नोभेम्बर १४ मा एङ्गोलाविरुद्ध वर्षको अन्तिम मैत्रीपूर्ण खेल खेल्दैछ । यसअघि घोषित टोलीमा यी तीनै खेलाडी परेका थिए । तर, अन्ततः अर्जेन्टिना फुटबल महासंघले ‘यल्लो फेभर’को खोप नलिएको कारण उनीहरूलाई टोलीबाट हटाइएको हो ।
तीन खेलाडीको अनुपस्थितिमा अर्जेन्टिनाको टोलीमा फेरबदल गरिएको छ । साथै, चेल्सीका मिडफिल्डर एन्जो फर्नान्डेज पनि घुँडाको चोटका कारण टोलीबाट बाहिरिएका छन् । उनको स्थानमा केभिन म्याक एलिस्टरलाई बोलाइएको छ । उनी पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका हुन् ।
एलिस्टर बेल्जियमको क्लब युनियन सेन्ट–गिल्लोइसका खेलाडी हुन् । डिफेन्सिभ मिडफिल्डरका रूपमा खेल्ने उनले २०२३ देखि सो क्लबबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
पहिलोपटक राष्ट्रिय टोलीमा समावेश भएपछि उनले भने,‘म्याच सुरु हुन दुई घण्टा अगाडि मलाई फोन आयो । यो मेरो जीवनको पहिलो अवसर हो ।’
तीन खेलाडी टोलीबाट बाहिरिएपछि अर्जेन्टिनाले म्यानचेस्टर युनाइटेडका डिफेन्डर लिसान्द्रो मार्टिनेजलाई पनि पुनः राष्ट्रिय टोलीमा समावेश गरेको छ ।








प्रतिक्रिया