१० श्रावण २०८३, आइतबार

एन्फा १ सय २० दिन भित्र ए डिभिजन लिग गराउन तयार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । अखिल नेपाल फुटबल संघ(एन्फा) ले अबको १ सय २० दिन भित्र ए डिभिजन लिग गराउन तयार रहेको बताएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा मंगलबार एन्फा, अखिल नेपाल खेलाडी संघ र क्लबहरुबीच भएको छलफलबाट १ सय २० दिनभित्र ए डिभिजन लिग गर्न तयार रहेको बताएको हो ।

यसका लागि मन्त्रालयले भोलि बुधबार क्लबहरुसँग छुट्टै छलफल राखेको छ । आज भएको छलफमा ए डिभिजन क्लबका तर्फबाट ५ क्लबका प्रतिनिधि, खेलाडी संघका प्रतिनिधि, एन्फा प्रतिनिधि सहभागी थिए ।

छलफलबाट निस्केको निष्कर्ष अनुसार १ सय २० दिन भित्र लिग गराउन नसके खेलाडीहरुबाट माइन्युट उठाएर फिफा र एएफसीमा पठाउने युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले जानकारी गराएका छन् ।

Skip This