११ असार २०८३, बिहिबार

महेश बस्नेतको संगठनात्मक ऊर्जा र राजनीतिक साहस

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– धर्मराज तिमिल्सीना

नेपालको वर्तमान राजनीतिक परिवेशमा केही यस्ता व्यक्तित्वहरू छन्, जो जस्तोसुकै परिस्थितिमा पनि राष्ट्र र संगठनको पक्षमा अडिग रहन डराउँदैनन् । त्यस्ता साहसी नेताहरूमध्ये महेश बस्नेत एक प्रमुख व्यक्ति हुन् । उनको नेतृत्व क्षमता, राष्ट्रवादप्रतिको दृढता र युवाशक्तिलाई परिचालन गर्ने क्षमताले नेपाली राजनीतिलाई नयाँ मार्गमा डोर्‍याएको छ ।

महेश बस्नेत कहिले संगठनात्मक भूमिकाका कारण, कहिले जनसम्पर्कमा देखिएको बलियो उपस्थितिका कारण, र कहिले विवादास्पद तर स्पष्ट अभिव्यक्तिका कारण उनी चर्चामा आइरहन्छन् ।

नेपालको अहिलेको राजनीतिक यात्रा संक्रमणकालीन अवस्थामा छ । नयाँ पुस्ता अर्थात् जेन-जी भनिने युवावर्गले देशको राजनीतिक संस्कारलाई चुनौती दिइरहेको अवस्थामा परम्परागत पार्टीहरूको अस्तित्व, सिद्धान्त र नेतृत्व क्षमताको पुनः परीक्षण भइरहेको छ । यस्तो परिस्थितिमा नेकपा (एमाले) का केन्द्रीय नेता तथा पूर्व मन्त्री महेश बस्नेत निरन्तर चर्चामा छन् । कहिले संगठनात्मक भूमिकाका कारण, कहिले जनसम्पर्कमा देखिएको बलियो उपस्थितिका कारण, र कहिले विवादास्पद तर स्पष्ट अभिव्यक्तिका कारण उनी चर्चामा आइरहन्छन् । महेश बस्नेत केवल एक पार्टी नेता मात्र नभएर उनी आजको राजनीतिक ऊर्जाको रूपान्तरणकारी प्रतीक बनेका छन्, जसले संगठन, युवाशक्ति र राष्ट्रवादलाई एउटै सूत्रमा जोड्ने प्रयास गरेका छन् ।

एमालेभित्र महेश बस्नेतले निर्वाह गरेको भूमिका केवल एक ‘सांसद’ वा ‘पूर्वमन्त्री’को रूपमा मात्र सीमित छैन । उनको योगदान मुख्यतः तीन तहमा स्पष्ट रूपमा देखिन्छः संगठनलाई बलियो बनाउने, युवा राजनीतिको गतिशीलता र सङ्घीयता र राष्ट्रवादबीच सन्तुलन कायम गर्ने ।
उनले पार्टीको संगठनलाई तल्लो तहसम्म पुर्‍याउने अभियान चलाए । विशेषगरी युवा क्षेत्रमा उनी अझ बढी सक्रिय रहे । उनको शैली स्पष्ट थियो- संगठन केवल रिपोर्टको पानामा मात्र सीमित नभएर कार्यकर्ताको मनमा बाच्ने विचार पनि हो ।

उनले युवालाई ‘राजनीतिक नारा मात्र नभएर राष्ट्र निर्माणको ऊर्जा’को रूपमा प्रस्तुत गरे । युवा संघमा रहँदा उनले बेरोजगारी, प्रवासी श्रमिक र औद्योगिक विकासका विषयमा युवालाई जोड्ने अभियान चलाए । उनले उद्योग मन्त्रालय सम्हालेको बेला उद्योग दर्ता प्रक्रियामा सरलता, स्टार्टअप प्रवर्द्धन, र स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बनाउने नीति अघि सारे ।

उनले युवालाई ‘राजनीतिक नारा मात्र नभएर राष्ट्र निर्माणको ऊर्जा’को रूपमा प्रस्तुत गरे । युवा संघमा रहँदा उनले बेरोजगारी, प्रवासी श्रमिक र औद्योगिक विकासका विषयमा युवालाई जोड्ने अभियान चलाए । उनले उद्योग मन्त्रालय सम्हालेको बेला उद्योग दर्ता प्रक्रियामा सरलता, स्टार्टअप प्रवर्द्धन, र स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बनाउने नीति अघि सारे । एमालेको नीति अनुसार उनी संघीयता र राष्ट्रिय अखण्डताको सन्तुलनमा दृढ रहँदै आएका छन् । उनको राजनीतिक विचारमा ‘राष्ट्र पहिलो’ भन्ने धारणा गहिरो छ । त्यसैले उनी पार्टीभित्रका धेरै छलफलमा राष्ट्रवाद, स्वाभिमान र उत्पादनमुखी अर्थतन्त्रका पक्षधरका रूपमा चिनिन्छन् ।

‘साहसी महेश बस्नेत’ भन्ने पदावलीले महेश बस्नेतको व्यक्तित्व र राजनीतिक छविलाई एउटा साहसिक, निर्भीक र सक्रिय नेताको रूपमा प्रस्तुत गर्दछ । उनी नेपाली राजनीतिमा विशेषगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा तथा संघर्षशील नेताका रूपमा चिनिन्छन् । पूर्व मन्त्री (उद्योग, वाणिज्य तथा आपूर्ती), सांसदलाई ‘साहसी’ भनिने कारणहरूमा उनको सिधा र आक्रामक शैली हो । उनले पार्टी र राष्ट्रिय मुद्दामा सिधा बोल्ने, डर नमान्ने र जोसुकैसँग पनि स्पष्ट रूपमा आफ्नो मत राख्ने साहस देखाउँछन् । राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र नेपालको आन्तरिक मामिलामा विदेशी हस्तक्षेपको विरोध गर्ने कुरा उनका भाषण र क्रियाकलापमा बारम्बार देखिन्छ । युवाहरूमा ऊर्जाशील, राष्ट्रवादी र कामकाजी नेताका रूपमा उनको छवि रहँदै आएको छ ।

महेश बस्नेत ‘साहसी’ त्यस अर्थमा हुन् कि उनी डर मान्दैनन्, प्रतिवाद गर्छन् र राष्ट्र, जनता र पार्टीको पक्षमा दृढ रहन्छन् ।उत्पादनमुखी अर्थतन्त्र, स्वदेशी उद्योग र उद्यमशीलता प्रोत्साहनको पक्षमा बोल्ने नेताको रूपमा चिनिने महेश युवालाई रोजगारीका लागि वैदेशिक पलायन होइन, देशमै काम सिर्जना गर्नुपर्ने विचार राख्छन् ।

उनको खुला र स्पष्ट बोल्ने शैली कहिलेकाहीँ विवादास्पद पनि बन्छ । पार्टीभित्र र बाहिर उहाँका विरोधीहरूले उहाँलाई ‘कट्टर र आवेगशील’ पनि भन्ने गर्छन् । महेश बस्नेत ‘साहसी’ त्यस अर्थमा हुन् कि उनी डर मान्दैनन्, प्रतिवाद गर्छन् र राष्ट्र, जनता र पार्टीको पक्षमा दृढ रहन्छन् ।उत्पादनमुखी अर्थतन्त्र, स्वदेशी उद्योग र उद्यमशीलता प्रोत्साहनको पक्षमा बोल्ने नेताको रूपमा चिनिने महेश युवालाई रोजगारीका लागि वैदेशिक पलायन होइन, देशमै काम सिर्जना गर्नुपर्ने विचार राख्छन् । विद्यार्थी राजनीतिदेखि सक्रिय रहेका कारण उनले युवालाई राष्ट्र निर्माणको प्रमुख आधार ठान्छन् । युवाले राजनीतिक नेतृत्व र समाज रूपान्तरणमा अग्रपंक्तिमा रहनुपर्छ भन्ने विश्वास राख्छन् । पार्टी र संगठनको अनुशासन, एकता र नीति-नियममा दृढ रहनु उनको राजनीतिक शैली हो ।

राष्ट्रवाद र आत्मनिर्भरता

महेश बस्नेतको राजनीतिक जीवन राष्ट्रवादको बलियो जगमा टिकेको छ । उनी सधैं नेपालका आन्तरिक मामिलामा विदेशी हस्तक्षेपको विरोध गर्न, राष्ट्रिय स्वाभिमान र निर्णय क्षमताको रक्षा गर्न अग्रसर रहन्छन् । एमसीसी, नाकाबन्दी वा राष्ट्रिय स्वामित्वका विवादित प्रसंगमा उनको भनाइ सधैं स्पष्ट र अडिग रह्यो । उनले नेपालको विकासको बाटो आत्मनिर्भर उत्पादन, घरेलु उद्योग र स्वदेशी उद्यममा रहेको तर्क गर्दै आएका छन् । घरेलु उद्योग संरक्षण, बजार नियमन र इन्धन संकटका समयमा आपूर्ति व्यवस्थापनमा भूमिका, साना उद्योग र सहकारीमा आधारित रोजगारी सिर्जनाको प्रयास, सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा स्थानीय स्तरमा ठूला सुधार र जनसम्पर्क कार्यक्रम सञ्चालन जस्ता भक्तपुरमा विकास कार्यक्रमहरू, युवा संघ नेपालका केन्द्रीय अध्यक्ष रहँदा संगठन विस्तार र संघर्षशील अभियानहरूको नेतृत्व, प्राकृतिक विपत्तिको बेला उद्धार, राहत र पुनःस्थापना कार्यमा सक्रिय सहभागिताहरूलाई उनको प्रमुख उपलब्धि र योगदानका रूपमा लिइन्छ ।

युवाशक्ति र संगठन सुदृढीकरण

उनले युवालाई राष्ट्र निर्माणको मेरुदण्ड ठान्छन् । युवा संघ नेपालका केन्द्रीय अध्यक्षका रूपमा उनले संगठनलाई देशव्यापी बनाउँदै युवा नेतृत्वको क्षमतामा विश्वास जगाएका थिए । बस्नेतको नेतृत्वमा युवाहरू केवल प्रदर्शनमा मात्र नभएर सामाजिक पुनर्निर्माण र आपत्कालीन राहतका क्षेत्रमा पनि सक्रिय बने ।उनको शैली परम्परागत नेताभन्दा फरक छ । उनी जनतामाझ प्रत्यक्ष उपस्थित हुन्छन्, सामाजिक सञ्जालमा सक्रिय रहन्छन् र निर्णयका पक्ष/विपक्षमा खुला रूपमा बहस गर्छन् । यसले उनलाई युवा पुस्तामा लोकप्रिय बनाएको छ । यद्यपि, केही नेताहरूले उनको बोल्ने तरिका र प्रस्तुतीलाई ‘राजनीतिक रूपमा जोखिमपूर्ण’ मान्ने गरेका छन् । केपी ओलीसँगको सम्बन्ध र एमालेभित्रको स्थानमा महेश बस्नेतलाई प्रायः केपी ओलीको राजनीतिक संरचनाभित्रका सबभन्दा विश्वासिला सहयोगी शक्तिका रूपमा मानिन्छ । ओलीको राष्ट्रवादी र स्वाभिमानी नेतृत्वमा बस्नेतले संगठनात्मक, रणनीतिक र जनस्तरीय सहयोग पुर्‍याएका छन् । उनलाई ओलीको मेरुदण्ड भन्ने अभिव्यक्ति समर्थकहरूले प्रयोग गर्छन्, जसले ओलीको नीतिको कार्यान्वयनतर्फ उनको भूमिकालाई प्रष्ट पार्छ ।

जेन-जी आन्दोलनपछि राजनीतिक दललाई उठाउने साहस

जेन-जी आन्दोलनले देशमा राजनीतिक अविश्वास, दलप्रतिको असन्तुष्टि र संस्थागत अस्थिरता उत्पन्न गरायो। धेरै नेताहरू चुपचाप बसे, तर महेश बस्नेतले दल प्रणाली, लोकतन्त्र र वैकल्पिक नेतृत्वको पुनर्स्थापनाका लागि खुल्ला चुनौती दिए। उनले युवाहरूसँग संवाद थाले, पार्टीभित्र संगठनलाई फेरि सक्रिय बनाए र सडकदेखि संसदसम्म राजनीतिक दलको अस्तित्व र जिम्मेवारीको पक्षमा वकालत गरे। यो अवधिमा उनले ‘दलभित्र सुधार, जिम्मेवारी र राष्ट्रिय प्रेम’ का कुरा उठाए जसले धेरै युवाहरूमा राजनीतिप्रतिको विश्वास फेरि जगायो। जब धेरै राजनीतिक व्यक्तिहरू भीडबाट टाढा थिए, त्यो बेला बस्नेत अग्रपंक्तिमा उभिए। यो उनको साहस र राजनीतिक दृढताको प्रमाण हो। बस्नेतले युवाहरूलाई ;विद्रोह होइन, परिवर्तनका लागि वैधानिक मार्ग रोज्न’ उत्प्रेरित गरे। उनका अनुसार ‘आन्दोलनले विनाश होइन, नीतिहरू बदल्ने अवसर ल्याउनुपर्छ।’

नयाँ पुस्ताको सन्दर्भमा महेश बस्नेत

नेपालको वर्तमान राजनीतिक परिवेशमा घर जलेर परिवार विस्थापित हुँदा, बासस्थानको ठेगान नहुँदा पनि जलेको घरको खरानीको टीका लगाएर देशका लागि समर्पित हुने महेश बस्नेत जस्ता नेताहरू पुरानो पुस्ता र नयाँ पुस्ताबीचको सम्बन्ध जोड्ने सेतु हुन्। जेन-जी आन्दोलनले जनभावना र प्रणालीबीचको असन्तुलन देखाएको बेला बस्नेतले देखाएको राजनीतिक स्थिरता, राष्ट्रियता र संवादको सन्तुलनले उनलाई समकालीन राजनीतिमा भिन्न बनाएको छ। उनको शैली कहिलेकाहीँ कडा, अभिव्यक्ति सीधा र निर्णय चर्को देखिए पनि, त्यसको मूलमा राज्य, संगठन र युवाशक्तिप्रतिको प्रतिबद्धता स्पष्ट छ। त्यसैले उनलाई एमालेभित्र मात्र होइन, समग्र नेपाली राजनीतिमा पनि ‘कर्मशील, राष्ट्रवादी र युवा-प्रेरक’ नेताको रूपमा विश्लेषण गर्न सकिन्छ।

नेतृत्व शैली र व्यवहारिक दृष्टिकोण

महेश बस्नेतको नेतृत्व व्यवहारिक र कार्यसम्पादनमुखी मानिन्छ। मन्त्री हुँदा उनले घरेलु उत्पादन प्रोत्साहन, बजार नियन्त्रण र संकट व्यवस्थापनमा तत्काल निर्णय लिने शैली देखाए। उनका निर्णयहरू कहिलेकाहीँ तीव्र र विवादास्पद भए पनि, परिणाममुखी दृष्टिकोणका कारण उनको प्रशंसा र आलोचना दुवै हुन्छ। ओली सरकारले अघि सारेका रोजगार, औद्योगिकीकरण र आत्मनिर्भरताका नीतिहरूमा बस्नेतको प्रत्यक्ष योगदान रह्यो। उनले उद्योग मन्त्रालय सम्हालेका बेला ‘मेक इन् नेपाल’ अभियान, ‘स्टार्ट अप् नेपाल’ नीति, र युवा उद्यमी प्रोत्साहन कार्यक्रम अघि सारे। पार्टीभित्र बस्नेत संगठनात्मक ऊर्जाको स्रोत मानिन्छन्। उनको जनसम्पर्क, युवालाई प्रेरणा दिने क्षमता र कार्यकर्ताप्रतिको पहुँचले पार्टीलाई स्थानीय तहमा बलियो बनाएको छ। ओली नेतृत्वमा जब पार्टी एकताको चुनौती आयो, बस्नेतले खुला रूपमा ‘एकता, विचार र अनुशासन’ लाई जोड दिएका थिए।

आलोचना र चुनौतीहरू

बस्नेतको सिधा बोल्ने शैली र आक्रामक स्वभाव कहिलेकाहीँ गलत बुझाइका कारण विवादमा पनि पर्छन्। तर उनका आलोचकले समेत स्वीकार गर्छन् कि बस्नेत मौन रहँदैनन्, डराउँदैनन्, र आफ्नो विश्वासमा दृढ रहन्छन्। कुनै पनि सक्रिय र प्रभावशाली नेता विवादरहित हुँदैन। बस्नेत पनि अपवाद होइनन्। उनीमाथि कहिले कडा भाषाशैली, कहिले संगठनिक असहिष्णुताको आरोप लाग्ने गरेको छ। तर आलोचनाबीच पनि उनले आफ्नो राजनीतिक उपस्थितिलाई कार्यद्वारा बलियो बनाएका छन्। बस्नेतले आफूलाई कार्यकर्ता केन्द्रित र निर्णयमुखी नेताका रूपमा स्थापित गर्न खोजेका छन्। उनको भनाइ ‘राजनीतिले डर होइन, जिम्मेवारी सिकाउँछ’ जुन युवापुस्ता र आलोचक दुवैका लागि सन्देशपूर्ण छ। विवाददेखि टाढा नबस्ने उनी ‘सिधा बोल्नेु र छड्के निर्णय गर्ने’ नेताका रूपमा चिनिन्छन्। तर यही गुणले उनलाई आलोचना र प्रशंसा दुवैको केन्द्रमा राखेको छ। उनले बारम्बार पार्टीभित्र र बाहिरका अपराधी प्रवृत्तिलाई खुला चुनौती दिएका छन्। यसले उनलाई ‘कडाइ र अनुशासन’का प्रतीक बनाएको छ। तर, कहिलेकाहीँ उनको तीव्र भाषिक शैलीले राजनीतिक प्रतिद्वन्द्वीलाई असहज बनाएको पनि छ। तर उनको उद्देश्य राजनीतिक शुद्धता र जनउत्तरदायित्व स्पष्ट देखिन्छ।

निष्कर्ष :

नयाँ पुस्ताका लागि प्रेरणादायी साहसी महेश बस्नेत केवल एक राजनीतिज्ञ होइनन्, एक विचार हुन्। राष्ट्रप्रेममा अडिग, संगठनमा अनुशासित, र चुनौतीमा निडर। जेन-जी आन्दोलनपछि जब दलप्रतिको विश्वास कमजोर भयो, उनले नेतृत्वको साहस देखाएर राजनीतिक दलको अस्तित्वमा नयाँ जीवन देखाए। यही कारणले उनलाई आजको पुस्ताले ‘साहसी महेश बस्नेत’ भनेर चिन्ने गर्छ जो केवल बोल्दैनन्, मैदानमा उभिन्छन्स जो डराउँदैनन्, तर नेतृत्व गर्छन्। महेश बस्नेत एक साहसी, स्पष्ट वक्ता र राष्ट्रप्रेमी नेता हुन्। उनको राजनीतिक यात्रा संघर्ष, संगठन, र राष्ट्रको स्वाभिमानमा आधारित छ। यद्यपि उनको आक्रामक र निडर स्वभावले कहिलेकाहीँ विवाद निम्त्याए पनि, उनी नेपाली राजनीतिमा युवाशक्ति, राष्ट्रियता र कामकाजी नेतृत्वको प्रतीक मानिन्छन्।

नेपालका दलहरू अहिले नव-राजनीतिक संस्कृतिको खोजीमा छन्। यदि संगठनभित्र ऊर्जावान नेतृत्व, अनुशासन, र स्पष्ट दृष्टिकोणको आवश्यकता छ भने महेश बस्नेत जस्ता नेताहरू त्यो खालको नेतृत्वको उदाहरण हुन्। उनी न त केवल केपी ओलीको मेरुदण्ड हुन्, न केवल एमालेको खम्बा बरु उनी नयाँ राजनीतिक युगको संक्रमक/प्रेरणा हुन्, जसले पुरानो ढाँचाभित्र नयाँ सोच भर्ने प्रयास गरेका छन्। ‘सडकमा नारा, संगठनमा योजना’ भन्ने शैली स्थापित गरेका उनलाई केवल पार्टीभित्रै होइन, राष्ट्रिय युवानीतिको छलफलमा पनि केन्द्रबिन्दु बनाइनु पर्छ।