
काठमाडौं, २५ कात्तिक । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन ४ हजार ९ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १०५ रुपैयाँले चाँदीको मूल्य बढेको हो । सोमबार ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ३ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया