
काठमाडौं, २५ कात्तिक । बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ ।
विगत केही दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि धर्मेन्द्रको स्वास्थ्य अवस्था गम्भीर बन्दै गयो । त्यसपछि उनलाई आईसीयूमा भेन्टिलेटर सपोर्टमा राखिएको थियो ।
उनको सोमबार राति उपचारको क्रममा ब्रीच क्यान्डी अस्पतालमा निधन भएको हो । धर्मेन्द्रको निधनले बलिउड शोकमा डुबेको छ ।
८ डिसेम्बर १९३५ मा पञ्जाबमा जन्मिएका धर्मेन्द्रको पूरा नाम कृष्ण देओल थियो ।
धर्मेन्द्रले १९६० को दशकमा आफ्नो अभिनय करियर सुरु गरेका थिए । ६ दशकसम्म चलचित्रमा अभिनय गरेका धर्मेन्द्रले आफ्नो करियरमा ३०० भन्दा बढी चलचित्रमा काम गरे ।
धर्मेन्द्रले सन् १९६० मा फिल्म ‘दिल भी मेरा हम भी तेरे’ बाट बलिउडमा डेब्यू गरेका थिए ।
धर्मेन्द्र बलिउडका सफल अभिनेताहरू मध्ये एक थिए ।








प्रतिक्रिया