२० असार २०८३, शनिबार

दिल्ली विष्फोट : मृत्यु हुनेको संख्या १० पुग्यो (अपडेट)

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कार्तिक । भारतको दिल्लीमा विष्फोट हुँदा मृत्यु हुनेको संख्या दश पुगेको छ ।

सोमबार साँझ दिल्लीको लालकिल्ला नजिकै पार्क गरिएको एउटा कारमा विष्फोट हुँदा दश जनाको घटनास्थलमै मृत्यु भएको हो । विष्फोटमा परेर २४ घाइते भएका छन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार, केही क्षणमै गाडी आगोको ठूलो गोला बनेको थियो र त्यसबाट उठेका ज्वालाहरूले छेउमै पार्क गरिएका करिब सातदेखि आठवटा अन्य गाडीहरूलाई समेत आगोको लप्कामा तानेको थियो ।

दिल्ली प्रहरीका टोलीहरू घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन्। हालसम्म कुनै विष्फोटक पदार्थ प्रयोग गरिएको हो वा अन्य कारण विष्फोट भएको भन्नेबारे स्पष्ट हुन बाँकी छ।