काठमाडौं, २४ कार्तिक । भारतको दिल्लीमा विष्फोट हुँदा आठ जनाको मृत्यु भएको छ ।
सोमबार साँझ दिल्लीको लालकिल्ला नजिकै पार्क गरिएको एउटा कारमा विष्फोट हुँदा आठजनाको घटनास्थलमै मृत्यु भएको हो । विष्फोटमा परेर कम्तिमा २४ जना घाइते भएका छन् ।
प्रत्यक्षदर्शीहरूका अनुसार, केही क्षणमै गाडी आगोको ठूलो गोला बनेको थियो र त्यसबाट उठेका ज्वालाहरूले छेउमै पार्क गरिएका करिब सातदेखि आठवटा अन्य गाडीहरूलाई समेत आगोको लप्कामा तानेको थियो ।
दिल्ली प्रहरीका टोलीहरू घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन्। हालसम्म कुनै विष्फोटक पदार्थ प्रयोग गरिएको हो वा अन्य कारण विष्फोट भएको भन्नेबारे स्पष्ट हुन बाँकी छ।








प्रतिक्रिया