१४ असार २०८३, आइतबार

‘टीओबी’ समूहमाथि थाल्यो प्रहरीले अनुसन्धान

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । प्रहरीले ‘जेनजी’ प्रदर्शनमा ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर बुलेट मोटरसाइकल चलाउने समूहमाथि नै अनुसन्धान थालेको छ । भदौ २३ गते जेनजी प्रदर्शनमा ‘टीओबी’को टिसर्ट लगाएर एक समूहले आतंक मच्चाएका थिए ।

उनीहरूको समूहमाथि नै प्रहरीले सोधपुछ गरेको छ । प्रहरीले यसअघि नै टीओबीकै टिसर्ट लगाएर कम्बरमा पेस्तोल राखिएको भिडियोका आधारमा तेन्जिङ दावा लामालाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

असोज २६ मा पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले उनको नागरितासमेत किर्ते गरेर लिएको खुलाएको छ । उनले काठमाडौं महानगरपालिका–६ बाट नागरिकताको सिफारिस लिएको तर, किर्ते गरेर दिएको खुलेको हो ।

दावा टीओबी समूहको कमाण्डरसमेत भएको प्रहरीको दाबी छ । दावाको नागरिकता नै किर्ते गरेर लिएको खुलेपछि प्रहरीले प्रदर्शनमा उनीसँगै मोटरसाइकल चलाउने थप १७ जनाको पहिचान गरेर सोधपुछ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले टीओबी लेखिएको टिसर्ट लगाएर मोटरसाइकल चलाउने १७ जनामाथि सोधपुछ भएको जानकारी दिए ।

दावामाथि प्रहरीले लागुऔषध कसुर र किर्तेमा थप अनुसन्धान जारी राखेको छ ।