२९ असार २०८३, सोमबार

एन्फा र खेलाडीको वार्ता हुन सकेन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीचको वार्ता स्थगित भएको छ । छलफलको लाइभ गर्न एन्फा तयार नभएपछि आफूहरू वार्तामा बस्न तयार नभएको संघका अध्यक्ष विक्रम लामाले जानकारी दिए ।

“हामीले वार्ताको प्रत्यक्ष प्रसारण गर्न आग्रह गरेका थियौँ । तर, उहाँहरूले लाइभ नगरिकन छलफल गरौँ भन्नुभएको थियो । हामीले मानेनौँ । त्यसपछि हामी वार्तामा बस्न तयार भएनौँ,“ सोमबार वार्ताका लागि पुगेका लामाले भने ।

कात्तिक १७ गते एन्फा र क्लबहरूले लिग नगर्ने सहमति गरेपछि नेपाल फुटबल खेलाडी संघको नेतृत्वमा पूर्व तथा वर्तमान राष्ट्रिय टिममै रहेका खेलाडी कात्तिक २० गते दबाबमूलक प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनपछि संघले एन्फालाई एक हप्ताभित्र खेलाडीहरूको माग सम्बोधन नगरे थप कडा विरोधमा उत्रिने चेतावनीसमेत दिएको थियो ।

राष्ट्रिय टिममै रहेका खेलाडीहरूबाट विरोध भएपछि एन्फाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै खेलाडी संघलाई छलफलमा बोलाएको थियो ।