२४ असार २०८३, बुधबार

को हुन् नेपालको झण्डा फ्याँक्ने काँग्रेस सांसद ?

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २४ कार्तिक । मधेश प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार गठनसँगै राजनीतिक तनाव चर्किँदै गएको छ। सोही तनावबीच नेपाली कांग्रेसका प्रदेश सांसद वीरेन्द्रकुमार सिंह विवादमा तानिएका छन्।

सिंहले मुख्यमन्त्री कार्यकक्षभित्र प्रवेश गरी तोडफोड गर्ने क्रममा राष्ट्रिय झण्डा कार्यकक्षबाट निकालेर फ्याँकेका थिए । राष्ट्रिय झण्डा फ्याँकेको भिडिओ सार्वजनिक भएपछि सिंहको कडा आलोचना भएको हो ।

सरकार परिवर्तनको विरोधमा कांग्रेस, माओवादी केन्द्र, लोसपा र जसपासहितका दलका नेता तथा कार्यकर्ताले जनकपुरधामका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन्। प्रदर्शन हिंसात्मक मोडमा गएपछि स्थिति थप तनावपूर्ण बनेको हो।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामा माग गर्दै विरोधी सांसदहरूले प्रदेश प्रमुख कार्यालय अगाडि रहेको बोर्डसमेत भत्काएका छन् ।