२६ जेष्ठ २०८३, मंगलबार

एमालेले बोलायो विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय समितिको बैठक बोलाएको छ । प्रतिनिधि सभा पुनस्र्थापनाको पक्षमा निवर्तमान सांसदहरूको हस्ताक्षर सङ्कलन गरेको एमालेले बैठक डाकेको हो ।

बैठक मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने मुख्य सचेतक महेश बर्तौलाले बताए । बैठकमा मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागी निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने बताए ।

संसद् पुनस्र्थापनाको माग गर्दै एमालेले सडकमा समेत उत्रिने तयारी गरेको छ ।