१८ असार २०८३, बिहिबार

मधेसमा मुख्यमन्त्री कार्यालयका कर्मचारी निकालेर तालाबन्दी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । मधेस प्रदेशमा सरकार गठन आह्वान नै नगरी नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएपछि तीव्र विरोध भएको छ ।

आज बिहान करिब ४ बजे महोत्तरी र सिन्धुलीको सिमाना जंगलस्थित पानस कटेजमा मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएर फर्किएका यादवलाई कार्यालय प्रवेशमा अवरोध गरिएको छ । मुख्यमन्त्री कार्यालयमा सामान्य तोडफोडपछि कर्मचारी निकालेर तालाबन्दी गरिएको एक नेताले जानकारी दिए ।

मुख्यमन्त्री कार्यालयको चाबी नेपाली कांग्रेस नेतृत्वको सातदलीय गठबन्धनको हातमा छ । यस्तै, जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा पनि बाहिर गमलालगायत तोडफोड गरेर तालाबन्दी गरिएको ती नेताले बताए ।

संविधाननुसार प्रदेश प्रमुखले सरकार गठनको आह्वान नै नगरी काठमाडौं जान्छु भन्दै हिँडेर बाटोमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै प्रदेश प्रमुखविरुद्ध उनीहरू आक्रोशित देखिएका छन् ।