काठमाडौं, २३ कार्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आन्दोलनरत खेलाडीहरूलाई वार्तामा बोलाएको छ।
एन्फाले ए डिभिजन क्लबहरूको विश्व फुटबल संगठनसँगको सहमतिको विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेका खेलाडी संघका प्रतिनिधिहरूसँग छलफल गर्ने निर्णय गरेको हो।
एन्फाका प्रवक्ता सुरेश शाहद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘फुटबल खेलाडी संघको नेतृत्वमा भएको शान्तिपूर्ण प्रदर्शनमा व्यक्त विचार र भावना सुन्न र समाधान खोज्न एन्फा वार्तामा बस्नेछ।’
वार्ता कार्तिक २४ गते सोमबार हुने तय गरिएको एन्फाले जनाएको छ।









प्रतिक्रिया