२९ जेष्ठ २०८३, शुक्रबार

मलेसिया र थाई सीमा नजिकै ९० आप्रवासी बोकेको डुङ्गा डुब्यो, दर्जनौँ हताहत भएको आशङ्का

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कार्तिक । मलेसिया र थाई सीमा नजिकै करिब ९० जना कागजात नभएका आप्रवासी बोकेको डुङ्गा डुब्दा दर्जनौँ मानिस हताहत भएका छन् । दुर्घटनामा कम्तीमा एक महिलाको मृत्यु भएको र १० जनाको सकुशल उद्धार गरिएको मलेसियाली प्रहरीले आइतबार जनाएको छ।

केदाहका प्रहरी प्रमुख अद्जली अबु शाहले स्थानीय सञ्चारमाध्यमसँग भने, “९० जना यात्रु बोकेको डुङ्गा डुबेको छ ।” उद्धार कार्य जारी रहेको उनले जानकारी दिए । मलेसियाली पर्यटकीय टापु लाङ्कावीको उत्तरमा तारुताओ टापु नजिकै दुर्घटना भएको मलेशियाको देशको सामुद्रिक प्राधिकरणले जनाएको छ।

“अहिलेसम्म एक मृतकसहित ११ जना फेला परेका छन्,” केदाह राज्यका समुद्री सुरक्षा निर्देशक रोम्ली मुस्तफाले भने ।

उनले थप पीडितहरू समुद्रमा फेला पर्ने सम्भावना रहेको बताए । मलेसिया एसियाका गरिब मुलुकबाट आएका लाखौँ आप्रवासीहरूको कार्यस्थल हो । त्यहाँ रहने धेरै कामदार कागजात नभएका र निर्माण र कृषि लगायतका उद्योगमा काम गर्छन् ।

मानव बेचबिखन सिन्डिकेटहरूले सहयोग पु¥याएका यी जहाजहरू यात्राका लागि प्रायः खतरनाक मानिन्छन् र धेरै दुर्घटनाहरू हुन्छन् ।

सबैभन्दा खराब महिनामध्ये एक सन् २०२१ डिसेम्बरमा मलेसियाको समुद्री तटमा २० भन्दा बढी आप्रवासीहरू डुबेर मरेका थिए।