२२ असार २०८३, सोमबार

एक्सट्रिम इनर्जी काठमाडौं गुर्खाजको‌ ड्रिङ्क पार्टनर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि एक्सट्रिम इनर्जी ड्रिङ्कसँग प्रायोजन सम्झौता गरेको छ ।

गोर्खाजले एक्सट्रिम इनर्जिसँग ड्रिङ्क पार्टनरको रुपमा सम्झौता गरेको हो । एनपिएलमा काठमान्डु गोर्खाजले जर्सीको पछाडिको भागमा एक्सट्रिम इनर्जी ड्रिङ्कको लोगो लगाएर खेल्ने छ ।

काठमान्डु गोर्खाज र एक्सट्रिम इनर्जी ड्रिङ्क बीच यसका लागि सम्झौता भएको छ । काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र एक्सट्रिम इनर्जी ड्रिङ्कका महाप्रवन्धक पवनकुमार श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

गोर्खाजका कार्यकारी निर्देशक सिरोहियाले प्रायोजक बिना एनपिएल र फ्रेन्चाइज क्रिकेट अधुरो हुने जनाउदै एक्सट्रिम इनर्जी ड्रिङ्कको साथमा आर्थिक हिसाबमा मात्र नभई सहयोग र साथका हिसाबमा पनि आफ्नो टोलीको मनोबल बढ्ने बताए ।

महाप्रबन्धक श्रेष्ठले खेलाडीलाई अतिरिक्त जोश प्रदान गर्न काठमान्डु गोर्खाज हुदैं नेपाल प्रिमियर लिगको हिस्सा हुन लागेको जनाए ।

काठमाडौं गोर्खाजले यसअघि नै मुख्य प्रायोजकको रुपमा वल्र्ड लिंकसँग सम्झौता गरिसकेको छ । टोलीको गोल्ड पार्टनरको रुपमा शिखर इन्स्योरेन्स रहेको छ । साथै टोलीको अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल रहेको छ ।

करण केसीको कप्तानीमा रहेको काठमान्डु गोर्खाजको टोलीका खेलाडीहरुमा भीम सार्की, साहव आलम, रशिद खान, आदिल आलम अन्सारी, दीपेश कँडेल, सन्तोष यादव, आकाश त्रिपाठी, प्रतिक श्रेष्ठ, तुलबहादुर थापा, उत्तम थापा रहेका छन् ।

टोलीले विदेशी खेलाडीमा इंग्ल्यान्डमा खेल्दै आएका रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस, उत्कृष्ट लयमा रहेका अमेरिकाका मिलिन्द कुमार र सन्नी पटेललाई लिइसकेको छ ।