२९ असार २०८३, सोमबार

मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, २३ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनाम स्वीकृत भएको छ ।

हिजो मधेश प्रदेश सभाको बैठकमा उत्पन्न विवाद पश्चात बैठकमै मुख्यमन्त्री सोनलले राजीनामाको घोषणा गरेका थिए । सोनलले हिजो राति नै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई राजीनामा पत्र पनि बुझाएका थिए ।

सोनलको राजीनामा पत्र स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका निमित सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।

नेपालको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको जानकारी सोही विज्ञप्तिमार्फत दिइएको छ ।