३१ असार २०८३, बुधबार

फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष ‘अपरेसन’ सञ्चालन गर्ने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष ‘अपरेसन’ सञ्चालन गर्ने बताएका छन् । आज काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ मा उनले यस्तो बताएका हुन् ।

यसमा नागरिकस्तरको तहबाट पनि सहयोग आवश्यक रहेकामा जोड दिए । सुशासन दिन नसके द्वन्द्व दोहोरिन सक्ने उनले बताए । उनले हालसम्म ‘जेनजी’ आन्दोलनका क्रममा लुटिएका ७१० थान हतियार फिर्ता भइसकेको जानकारी गराए । केही हतियार फिर्ता हुन बाँकी रहेको उनले बताए । अझै ३५ प्रतिशत कैदीबन्दी फरार रहेको उनले उल्लेख गरे ।