८ श्रावण २०८३, शुक्रबार

केपी ओलीको तेह्रथुमको जन्मघर पुनर्निर्माण गर्ने युवा संघको निर्णय

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक । नेकपा (एमाले)को राष्ट्रिय युवा संघ नेपालले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तेह्रथुमको जन्मघर पुनर्निर्माण गर्ने भएको छ ।

शनिबार काठमाडौंमा बसेको युवा संघको पदाधिकारी बैठकले अध्यक्ष ओलीको घर पुनर्निर्माण गर्ने निर्णय गरेको हो ।

हालैको जेनजी आन्दोलनका कारण क्षति पुगेको पार्टी अध्यक्ष ओलीको घर पुनर्निर्माण अभियान तेह्रथुमको आठराईबाट सुरु गर्ने निर्णय गरेको युवा संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार, यो अभियान ‘पार्टी अध्यक्षप्रति एकता र सम्मानको प्रतीक’का रूपमा अघि बढाइनेछ ।

बैठकले आन्दोलनको नाममा देश जलाउने, राज्य सम्पत्ति नष्ट गर्ने र सुरक्षाकर्मीमाथि आक्रमण गर्ने व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

पौडेलले भने, ‘जेनजी आन्दोलनका नाममा अराजकता फैलाउनेलाई कानूनी कठघरामा ल्याइनेछ, तर राष्ट्र निर्माणका भावनायुक्त युवाहरुलाई सहकार्यमा ल्याइनेछ ।’

संगठनका अध्यक्ष क्षितिज थेबेको अध्यक्षतामा बसेको बैठकमा पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पार्टी केन्द्रीय सदस्य तथा संगठनका इन्चार्ज राजिव पहारी लगायतको आतिथ्यता रहेको थियो ।

यो पनि :

युवा संघको पदाधिकारी बैठक : सुदन गुरुङको नागरिकता छानबिनदेखि तीन महत्वपूर्ण निर्णय

 

Skip This