१६ असार २०८३, मंगलबार

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक । भारतका युवा आक्रामक ब्याटर अभिषेक शर्माले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नयाँ कीर्तिमान कायम छन् । अस्ट्रेलियाविरुद्धको पाँचौं टी–२० खेलमा उनले ५२८ बलमा एक हजार रन पूरा गर्दै टी–२० इतिहासमै सबैभन्दा छिटो हजार रन पु¥याउने खेलाडी बनेका छन् ।

आईपीएलमार्फत चर्चामा आएका अभिषेकले भारतका लागि खेल्ने मौका पाएपछि लगातार विस्फोटक ब्याटिङ देखाइरहेका छन् । पाँचौं टी–२० खेलमा उनी ११ रनको दूरीमा थिए र खेलको चौथो ओभरको पहिलो बलमै दुई रन लिएर यो ऐतिहासिक उपलब्धि हात पारे ।

यसअघि भारतकै सूर्यकुमार यादवले यो उपलब्धि हासिल गर्न ४५ बल बढी खेलेका थिए । अभिषेकपछि दोस्रो स्थानमा रहेका फिलिप साल्टले एक हजार रनका लागि ५९९ बल खेलेका छन् भने ग्लेन म्याक्सवेलले ६०४ बलमा यो उपलब्धि पाएका थिए ।

अभिषेकको अन्तर्राष्ट्रिय टी–२०मा स्ट्राइक रेट १८९.५१ रहेको छ । एक हजार रन पार गरेका खेलाडीहरूमा यो सबैभन्दा उच्च हो । उनका पछिल्ला प्रतिस्पर्धीमध्ये अस्ट्रियाका कर्नवीर सिंहको स्ट्राइक रेट १६९.२२ र अस्ट्रेलियाका टिम डेभिडको १६८.८८ छ ।