
जनकपुर, २२ कात्तिक । मधेश प्रदेश सभाका सांसद रहबर अन्सारीले आफ्नै मुखमा कालोमोसो दलेका छन् ।
शनिबार (आज) बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत दिन आग्रह गरेपछि विभिन्न दलका सांसदहरुले आफ्नो धारणा राखेका थिए ।
यसैक्रममा सांसद अन्सारीले आफ्ना धारणा राख्ने क्रममा आफ्नो मुखमा कालोमोसो दलेका हुन् । रोस्टमबाट बोल्दै उनले मधेश प्रदेश सभामा रहेको सम्पूर्ण सांसदहरुलाई अपराधीको संज्ञा दिए ।

उनले आठ वर्ष भइसक्दा पनि मधेश प्रदेशका ६४ लाख जनताको अवस्थाबारे के छ ? भनेर प्रश्न गरेका थिए ।
उनले सरकारमा भएका बेतिथिहरुका बारेमा प्रदेश सभा लगायत आफ्नै पार्टीलाई पनि अवगत गराउँदा कतै कुनै सुनवाई नभएको आरोप लगाए । उनले आफ्नो पार्टीले अब आफूलाई जे गरे पनि आफूले कसैलाई विश्वासको मत दिने बताए ।
सांसद अन्सारीले मधेश प्रदेशको कुनै सांसदसँग मधेशका समस्याहरुको निकाश दिने नैतिक आधार नरहेको बताए ।

सांसद अन्सारी नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित सांसद हुन् । मधेश प्रदेश सभा बैठक अहिले पनि जारी रहेको छ ।









प्रतिक्रिया