११ असार २०८३, बिहिबार

४५ दिनमा सकियो ‘प्रतिवैरम’को छायांकन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ ।

मधेस केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित यस चलचित्रको सम्पूर्ण छायांकन ४५ दिनमा पूरा गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

चलचित्रको पहिलो चरणको छायांकन १५ दिन सर्लाहीमा गरिएको थियो भने दोस्रो चरणको छायांकन ३० दिन सिराहामा सम्पन्न गरिएको हो ।

चलचित्रको छायांकन निर्देशक अफ फोटोग्राफी ज्याकले गरेका हुन् । छायांकन सफलतापूर्वक सम्पन्न भएको निर्माण टिमले जनाएको छ । हाल चलचित्र पोष्ट–प्रोडक्सनको कार्य सुरु भएको छ ।

चलचित्रमा सम्राट दास, वीरेन्द्र कुशवाहा, आलिशा बस्तोला, सुप्रज्ञा शर्मा, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बिके, बिके शाह, रामेश बुढाथोकी लगायत अन्य कलाकारहरूको दमदार अभिनय रहेको छ ।

चलचित्रमा सहनिर्देशकका रूपमा सन्तोष मल्ल, अग्नि सुवेदी, धिरज राउत, र श्रीजना भुजेलले काम गरेका छन् ।

रेज इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्रका प्रोडक्सन म्यानेजर कमल सुनार रहेका छन् भने लाइन प्रोडक्सनको जिम्मेवारी पंकज महतोले सम्हालेका छन् ।

निर्देशक दासका अनुसार मधेसका वास्तविक कथा, सौन्दर्य र समस्यालाई यथार्थ ढंगले प्रस्तुत गर्ने उद्देश्यले यो चलचित्र निर्माण गरिएको हो । चलचित्रमार्फत मधेसको वास्तविकता दर्शक सामु पुर्‍याउने योजना रहेको उनले बताए ।

चलचित्रको कथा निर्देशक दास स्वयंको रहेको छ भने पटकथा युवराज भट्टराईले लेखेका हुन् । निर्माण पक्षका अनुसार चलचित्र २०८३ मा प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ ।