
काठमाडौं, २२ कात्तिक । बलिउड अभिनेत्री कट्रिना कैफ शुक्रबार आमा बनेकी छिन् ।
क्याट्रिनाले ४२ वर्षको उमेरमा छोरालाई जन्म दिएकी हुन् । उनका श्रीमान् विक्की कौशल र कट्रिनाले इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै आफ्नो छोरा भएको जानकारी दिएका हुन् ।
विवाहको चार वर्षपछि कट्रिना र विक्की आमाबाबु बनेका हुन् । कट्रिना र विक्कीको विवाह ९ डिसेम्बर २०२१ मा भएको थियो । विवाहमा नजिकका आफन्तहरू मात्र सामेल थिए ।
आमाबाबु बनेपछि कट्रिना र विक्कीले आफ्नो पोस्टमा लेखेका छन्, ‘हाम्रो खुशीको सानो गुच्छा आइपुगेको छ । अपार माया र कृतज्ञताका साथ, हामी हाम्रो छोरालाई स्वागत गर्दछौँ । नोभेम्बर ७, २०२५ कट्रिना र विक्की ।’
कट्रिनाले सेप्टेम्बरमा आफू गर्भवती भएको घोषणा गरेकी थिइन् । इन्स्टाग्राममा कट्रिनाले लेखेकी थिइन्, ‘हामी जीवनको सबैभन्दा राम्रो अध्याय सुरु गर्न लागेका छौँ, हृदयहरू आनन्द र कृतज्ञताले भरिएका छन् ।’








प्रतिक्रिया