२५ जेष्ठ २०८३, सोमबार

विस्तारित बैठकमा तोसिमालाई बोल्न नदिएको भन्दै निशा डाँगीको आपत्ति

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा डा तोसीमा कार्कीलाई बोल्न नदिएको भन्दै अर्की केन्द्रीय सदस्य निशा डाँगीले आपति जनाएकी छन् ।

तोसिमा बोल्न पाउनुपर्ने भन्दै निशाले उनको लागि समय मागेकी हुन् । शुक्रबारदेखि चितवनको सौराहामा सुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेस गर्दै गर्दा बोल्न पाउनु पर्ने माग गर्दै तोसिमा उठेर समय मागेकी थिइन् ।

कार्यवाहक सभापति बोलिरहँदा बीचमा समय माग्दै उनी उभिइरहेपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले उनी बसेकै सिटमा पुगेर उनको कुरा सुनेका थिए ।

बैठकमा सहभागी नेताहरुले भने तोसीमाले अपरिपक्क व्यवहार प्रदर्शन गरिरहेको आरोपमा लगाएका छन् । प्रतिवेदनमाथि समूहगत छलफल हुँदा भने उनले एक समूहको नेतृत्व गरेर आफ्ना धारणा राखिसकेको बैठकमा सहभागीले जानकारी दिएका छन् ।