१३ असार २०८३, शनिबार

बागलुङको च्वावीरमा पिकअप जीप दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २२ कात्तिक । बागलुङको ढोरपाटनमा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको ग ३ च ३८१९ नम्बरको पिकअप जीप ढोरपाटन नगरपालिकाङ ८ र ९ को सिमाना च्वावीरमा शुक्रबार दुर्घटना भएको हो ।

दुर्घटनामा ढोरपाटन –७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए । घाइतेमध्य एक जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ । चारै जना घाइते पहिचान नभएको बताइएको छ ।

जीप सडकबाट भूजीखोलामा खसेको उपप्रमुख कायतको भनाइ छ । घाइतेको स्थानीय र नेपाल प्रहरीले उद्धार गरी बुर्तिबाङ अस्पतालमा पठाएको थिए ।