२५ जेष्ठ २०८३, सोमबार

कृषि विकास बैंकको १३ प्रतिशत लाभांश प्रस्ताव, प्रतिकूल अवस्थामै गुरुङको प्रभावशाली नेतृत्व

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कार्तिक । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रतिकूल आर्थिक परिस्थितिमा पनि बैंकले स्थिर प्रदर्शन गर्न सफल भएको छ, जसको श्रेय प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको प्रभावशाली नेतृत्वलाई दिइएको छ।

बैंक सञ्चालक समितिको बैठकले जारी पूँजी १३ अर्ब ८५ करोड को आधारमा ३।२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाको अनुमोदन पछि मात्र लागू हुनेछ। हाल बजारमा कृषि विकास बैंकको प्रतिशेयर अन्तिम कारोबार मूल्य ३१५.०० रहेको छ।

यस प्रस्तावले बैंकका सेयरधनीहरूलाई राहत र विश्वास पुनःस्थापित गर्ने अपेक्षा गरिएको छ । साथै आगामी साधारणसभापछि लाभांश वितरण प्रक्रिया औपचारिक रूपमा अघि बढाइनेछ।