२७ असार २०८३, शनिबार

कांग्रेस बैठक– २० जनाले बोलेपछि आइतबारसम्मका लागि स्थगित

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । सानेपामा जारी बैठक आइतबार बिहान ११ः३० बजे बस्ने गरी स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

आजको बैठकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, प्रवक्ता डा. प्रकाशशरण महतसहित २० जना बोलेका थिए ।

बोल्ने केन्द्रीय सदस्यहरू गोविन्द भट्टराई, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, सरिता प्रसाईँ, योगेन्द्र चौधरी, किरणराज शर्मा पौडेल, मधु आचार्य, दिनेशकुमार यादव, उमेशजंग रायमाझी, राजीव ढुंगाना, अर्जुनजंगबहादुर सिंह, प्रतिमा गौतम, सुशीला मिश्र भट्ट, नानु बास्तोला, गंगालक्ष्मी अवाल, गणेश लामा, डा‍‍. जीवन राना र सीता थपलिया (उर्मिला) रहेका छन् ।

बैठकको बैठक असोज २८ गतेबाट सुरु भएको थियो । कांग्रेसमा महाधिवेशन चुनावअघि गर्ने कि पछि गर्ने भन्नेबारे चर्को विवाद भइरहेको छ ।