२२ जेष्ठ २०८३, शुक्रबार

कांग्रेस बैठकमा प्रस्तुत भयो मंसिर २४ मा विशेष महाधिवेशनको प्रस्ताव

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा मंसिर २४ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव भएको छ । केन्द्रीय सदस्य मधु आचार्यले विशेष महाधिवेशनको मितिको प्रस्ताव प्रस्तुत गरेका हुन् ।
आजको केन्द्रीय समिति बैठकमा बोल्दै उनले आज कात्तिकको २१ गते भइसकेको भन्दै छोटो समयमा अधिवेशन सम्पन्न गर्नेगरी प्रस्ताव प्रस्तुत गरेको जानकारी दिए ।

‘नेपाली कांग्रेस को विधान मा व्यवस्था भएको धारा १७ (२) अनुसार मंसिर २४ गते जुन दिन मंगला देवी सिंह उहाँको जन्म जयन्ती पर्छ। त्यस दिन बाट सुरु हुने गरेर विशेष महाधिवेशन आयोजना गरौं,’ उनले बैठकमा भने ।

सहमहामन्त्री महेन्द्र यादवले पनि बैठकमा महामन्त्रीलाई काउन्टर दिन महाधिवेशन कार्यतालिका ल्याएको प्रति इंगित गर्दै उनले आफूले विशेष महाधिवेशनको प्रस्ताव प्रस्तुत गरेको पनि बताए ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए । त्यसैलाई टेकेर विशेष महाधिवेशन गर्न सकिने आचार्यको भनाइ थियो । चुनावको सम्मुखमा छोटो समयमा अधिवेशन सम्पन्न गर्नु पर्ने चाप पार्टीमा रहेको भनाइ उनको थियो ।