२९ आश्विन २०८३, बिहिबार

सुरक्षण मुद्रण केन्द्रबाट आजदेखि नयाँ लाइसेन्स छपाइ सुरु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । सरकारले सवारीचालक अनुमतिपत्र लाइसेन्स आफ्नै मुद्रणबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि नयाँ लाइसेन्स छाप्न सुरु गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपामा रहेको केन्द्रको प्रिन्टिङ मेसिनमा बटन थिचेर सवारीचालक अनुमतिपत्र छपाइको शुभारम्भ गरेका हुन् ।

मन्त्री खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइको काम सुरु गरिएको बताए । उनले वर्षौंदेखि थन्किएर अलपत्र भएका धुलाम्मे मेसिन र पार्टपुर्जाको धुलो पन्छाएर छपाइ गरिएको जानकारी दिए ।

सञ्चारमन्त्री खरेलले भने, ‘वर्षौंदेखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिनहरू यत्तिकै थन्किएका थिए । मेसिन र पार्टपुर्जा सबै धुलाम्मे भएका थिए । ठाउँ नै खण्डहरजस्तो भएको थियो । धुलो टकटक्याएर छपाइको काम थालेका हौँ ।’

उनका अनुसार केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपुर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने भए पनि लामो समयसम्म छपाइको काम हुन सकेको थिएन ।