१८ असार २०८३, बिहिबार

विप्लव, जनार्दन र घनश्यामबीच सहकार्य गर्ने सहमति

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । नेकपाका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’, पार्टी एकताको विपक्षमा उभिएका पूर्वमाओवादी नेता जनार्दन शर्मा र पूर्वएकीकृत समाजवादीका नेता घनश्याम भुसाल सहकार्य गर्न सहमत भएका छन् ।

आज ललितपुरको हरिसिद्धिस्थित विप्लव निवासमा भएको त्रिपक्षीय छलफलमा समग्र राजनीतिक पुनर्गठनका लागि सैद्धान्तिक सहमति भएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ’प्रकाण्ड’ले जानकारी दिए ।