
काठमाडौं, २१ कात्तिक । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् । आज बिहान सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बैठक बसेको हो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हासहित राष्ट्रियसभामा प्रतिनिधित्व रहेका नेकपा (माओवादी केन्द्र)का तर्फबाट नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना, नेकपा (एमाले)बाट गोपालप्रसाद भट्टराईलगायत सदस्यको उपस्थित छ ।
राष्ट्रियसभा अध्यक्ष दाहालले यो सदनअन्तर्गतका समितिहरूको बैठक निरन्तर राखिरहेका छन् । साथै, राष्ट्रियसभाको अधिवेशन आह्वानका निम्ति सरकार, राजनीतिक दलहरूसँग छलफल र पहलकदमी गर्दै आएका छन् ।
राष्ट्रियसभाका अध्यक्षले समितिका बैठकहरू निरन्तर चलाउने तयारी थालेका छन् । राष्ट्रियसभामा दर्ता र विचाराधीन विधेयक अगाडि बढाउन समितिहरूको बैठक निरन्तर चल्नुपर्ने हुन्छ ।
गएको भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताको आन्दोलनसँगै संघीय संसद्को अधिवेशन अन्त्य गरिएको थियो । आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी र तोडफोड गरिएपछि बैठक बस्न स्थानको समस्या छ । सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको हलमा बैठक राख्ने गरी संसद् सचिवालयले तयारी गरेको छ ।









प्रतिक्रिया