६ श्रावण २०८३, बुधबार

हङकङ सुपर सिक्सेसमा आज नेपाल र अफगानिस्तान भिड्दै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपाल र अफगानिस्तान भिड्ने भएका छन् ।

हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा शुक्रबार बिहान पौने ९ बजेबाट सुरु हुने खेलमा आज नेपाल र अफगानिस्तान भिड्ने भएका हुन् ।

हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शरद भेषावकरको कप्तानीमा सात सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो ।

अनुभवी ब्याट्सम्यान शरदको कप्तानीमा रहेको नेपाली टोलीमा सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान छन् ।

नेपालसहित विभिन्न १२ राष्ट्रको सहभगिता रहेको प्रतियोगिता चार समूहमा विभाजन गरिएको छ भने नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका र अफगानिस्तान छन् ।

त्यसैगरी समूह ‘बी’मा अस्ट्रेलिया, इङ्ल्याण्ड र यूएई, समूह ‘सी’मा भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘डी’मा श्रीलङ्का, बङ्गलादेश र हङकङ छन् ।

यो प्रतियोगिताका हरेक खेल समान छ÷छ ओभरको हुनेछ भने एक टिममा छ खेलाडीले खेल्न पाउने प्रावधान रहेको छ ।