काठमाडौं, २० कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनविरूद्व असन्तुष्टि व्यक्त गरेका छन् ।
आज गुण्डुमा आयोजित एक कार्यक्रममा उनले देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको टिप्पणी गरेका हुन् । वर्तमान सरकार असंवैधानिक रहेको उनले स्पष्ट पारे ।
पहिले नै फैसला सुनाइसकेको मान्छेलाई जेन(जी आन्दोलन जाँचबुझ आयोगको अध्यक्ष बनाएर सरकारले ‘ड्रामा’ गरेको भन्दै आयोगको निर्णय मान्य नहुने प्रष्ट पारेका छन् ।
निर्वाचनको म्याण्डेड पाएको सरकारले गरेको राजदूत फिर्ता गर्ने काम उचित नभएको अध्यक्ष ओलीको भनाइ छ ।








प्रतिक्रिया