
काठमाडौं, २० कात्तिक । दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराज नेपालले वर्षकै सर्वाधिक ठूलो सेलका रुपमा परिचित दराज ११.११, ‘द बिगेस्ट सेल अफ दि इयर’को आयोजना गर्ने घोषणा गरेको छ ।
‘फर दि शोस्टपर इन यू’ थीममा आधारित हुने यो अभियान कात्तिक २४ गते (नोभेम्बर १०)को राति ८ बजेदेखि सुरु भएर मङ्सिर ५ गते (नोभेम्बर २१) सम्म चल्नेछ । करिब दुई सातासम्म चल्ने यो मेगा–सेलमा ग्राहकहरूले सबै श्रेणीका उत्पादनहरुमा अभूतपूर्व छुटका साथै रोमाञ्चक अनुभव प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।
यस वर्षको ११.११ सेलमा हालसम्मकै सबैभन्दा ठूला अफरको श्रृंखला नै प्रस्तुत गरिने जानकारी दिइएको छ । अफरहरुमा ८५ प्रतिशतसम्म अफको फ्ल्याश सेल, ७५ प्रतिशतसम्म अफको मेगा डिल, ७० प्रतिशतसम्म अफको हट डिल, र रोमाञ्चक फास्टेस्ट फिंगर फ्ल्याश सेल लगायत समाविस्ट हुनेछन् । ग्राहकहरूले मेगा सेल अवधिभर अत्यधिक लोकप्रिय ११/१११/१,१११/११,१११ रुपैयाँ डिलहरु पनि पाउन सक्नेछन् । साथै, असंख्य उत्पादनहरुमा ब्राण्ड स्पटलाईट डिस्काउन्ट्स र निःशुल्क डेलिभरी सुविधाको लाभपनि लिन सक्नेछन् । डेलिभरी डिस्काउन्ट सुविधा ३९९ रुपैयाँ माथिका अर्डरमा तथा ६९९ रुपैयाँ माथिका अर्डरहरुमा निःशुल्क डेलिभरी सुविधा पनि उपलब्ध हुनेछ ।
मेगा सेलमा रोमाञ्चकता थप्नका लागि १ रुपैयाँ डिल अझ बृहत्तरुपमा सञ्चालन गरिने दराज नेपालले जानकारी दिएको छ । यो डिलमा सहभागी हुनका लागि ग्राहकहरूले १ रुपैयाँ मूल्यांकन गरिएका निशुल्क उपलब्ध हुने (१०० प्रतिशत छुटसहित) विशेष उत्पादनहरू अर्डर गर्नुपर्ने हुन्छ । यसरी अर्डर गर्न सफल सबैजना स्वतः डिलमा सहभागी हुनेछन् । यसरी आफ्नो सहभागिता जनाएका उपभोक्ताहरु मध्यबाट एक जना भाग्यशाली उपभोक्ताले एथर रिज्टा इलेक्ट्रिक स्कुटर जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन् । विजेता छनोट अधिकतम डेलिभर भएका अर्डर र न्यूनतम १०,००० रुपैयाँको खरिद सर्त पूरा भएको आधारमा हुने जानकारी दिइएको छ ।
नोभेम्बर १० को राति ८ बजेदेखि सुरु हुने सेलको सुरुवातमा मिडनाइट रश आवर अन्तर्गत ८ प्रतिशत हाई भ्यालुका भाउचरहरू (१,१११ रुपैयाँसम्म) राति ८–९ र १२–१ बजेसम्म उपलब्ध हुनेछन् । साथै, फ्ल्याश भाउचर हरेक दिन बिहान ११ र बेलुका ७ बजे सार्वजनिक गरिनेछ । साथै, उपभोक्ताहरुले थिम्ड डेज्मापनि अत्यन्त आकर्षक अफरहरुको मज्जा तथा लाभ उठाउन सक्नेछन् । उदाहरणका लागि, फेसन विकेन्ड (शनिबार–आइतबार), इलेक्ट्रोनिक्स ट्युजडे, लाइफस्टाइल वेड्नेसडे, मदर एन्ड बेबी थर्सडे, ब्यूटी एन्ड केयर फ्राइडे, र दराजमल मन्डे मा पनि विशेष छुट र सिमित समयका लागि आकर्षक डिलहरू उपलब्ध हुनेछन् ।
त्यसैगरी, दराज च्वाइस च्यानल मार्फत बाई थ्री गेट फ्रि डेलिभरी र बाई फोर गेट वान फ्रि गिफ्ट विथ फ्रि डेलिभरी अफरहरू पनि पाउनेछन् ।
यस वर्षको मेगा डिलमा सेताफिल, र्होटो, एईविबी, न्यूलाइट, यूनिलिभर, होनसा, ग्रिन लाईफ एक्स्पेरियन्स, मिनिमलिस्ट, ब्राण्डहाउस, अल्टिमा लाईफस्टाइल, फोरया र मसलब्लेज प्लेटिनम पार्टनरका रूपमा रहेका छन् । गोल्ड पार्टनरका रुपमा, डा.सेथ्स, जुभारा, केएल डुगड गु्रप, ई–प्लाजा, एंकर, नाईक र सिल्भर पार्टनरका रुपमा किक लाईफस्टाइल, फ्यानटेक, श्रीसालासार डिस्ट्रिब्यूटर्स, ब्लेस अनलाइन, माटो नेपाल, पिज्जा इटालिया, र्हाइना डर्मा रहेका छन् । प्लेटिनम, गोल्ड तथा सिल्भर पार्टनरका रुपमा समाविस्ट यी ब्राण्डहरुले संयुक्तरुपमा ११.११ अवधिभर इलेक्ट्रोनिक्स, फेशन, एफएमसीजी, हेल्थ एण्ड ब्यूटी, होम अप्लायन्सेस तथा लाइफस्टाइल अन्तर्गत नेपालकै बेस्ट अफरहरु उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।
अपग्रेडेड दराजमल
११.११ अघि नै दराजले आफ्नो दराजमललाई नयाँ परिस्कृत रूप र अनुभवसहित प्रस्तुत गरिसकेको छ । यसअन्तर्गत यहाँ प्रमाणित ब्रान्ड र आधिकारिक विक्रेताहरुबाट मात्र वस्तुहरु उपलब्ध गराइने तयारी रहेको छ । नयाँ दराजमलले ग्राहकहरूलाई तीन गुणा सम्मको क्याशब्याक ग्यारेन्टी (सर्तहरु लाागू) सहित प्रामाणिकता र विश्वासको नयाँ स्तर प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।
छानिएका बैंकहरु मार्फत प्रिपेमेन्ट अफरहरू
११.११ मार्फत उपभोक्ताहरुलाई थप रोमाञ्चकता प्रदान गर्ने सोचका साथ दराजले नेपालका सात प्रमुख बैंकहरूसँग सहकार्य गर्दै प्रीपेमेंट छुटहरुको घोषणा गरेको छ । यस अन्तर्गत उपभोक्ताले अवधिभर निम्नानुसार लाभ उठाउन सक्नुहुनेछ ।
– क्रेडिट कार्ड प्रयोगकर्ताका लागिः २० प्रतिशत छुट (२,००० रुपैयाँसम्म)
–डेबिट कार्ड प्रयोगकर्ताका लागिः १५ प्रतिशत छुट (१,५०० रुपैयाँसम्म)
यस अफरमा सहभागी बैंकहरूमा नबिल बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, प्रभु बैंक र गरिमा बैंक रहेका छन् ।
“आजको दिनसम्म आइपुग्दा दराज ११.११ अहिले नेपालकै सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सव बनिसकेको छ । यो अवसरमा ग्राहक, बिक्रेता र साझेदारहरु सबै एकैसाथ वृद्धि र सफलताको उत्सव मनाउनु हुन्छ । प्रत्येक वर्ष बढ्दो संख्यामा नेपाली ग्राहकहरू अनलाइन किनमेलमा विश्वास गर्दै अघि बढिरहेका छन्”, वर्षकै सर्वाधिक बृहत्त सेलका बारेमा बोल्दै दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले भनिन्, “यसले ई–कमर्सलाई अझ सरल, छरितो र फलदायी बनाउन हाम्रो उद्देश्यलाई अझ सशक्त बनाएको छ । यस वर्षको ’फर द शोस्टप ईन यू’ थीम हाम्रा आदर्णिय ग्राहकहरू प्रति समर्पित छ, किनकि उहाँहरू नै हाम्रा वास्तविक स्टार हुन् ।”
दराज ११.११ ’फर द शोस्टप ईन यू’मार्फत देशभरका लाखौँ ग्राहकहरूका लागि अनलाइन किनमेलको नयाँ अनुभव प्रदान गर्दै नयाँ परिभाषा नै स्थापित गर्ने उद्देश्य दराजले लिएको छ । मेगासेलबारे थप जानकारीका लागि दराज ११.११ क्याम्पेन पेज र दराज नेपालको फेसबुक पेज हेर्न दराज नेपालले अनुरोध गरेको छ ।








प्रतिक्रिया