२१ जेष्ठ २०८३, बिहिबार

रामकुमारी झाँक्री र किसान श्रेष्ठले भेटे ओली, ५० बढी केन्द्रीय सदस्यसहित एमालेमा फर्किने निश्चित

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कार्तिक । नेपाली कम्युनिष्ट पार्टीसँग एकताका लागि अस्वीकार गरेका रामकुमारी झाँक्री र किसान श्रेष्ठलगायतले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

पुरानै घर एमालेमा फर्किने तयारी गरिरहेका उनीहरूले ओलीसँग भेट गरेका हुन् । ओलीसँगको भेटमा उनीहरू एमालेमा फर्किने निश्चित भएको बताइएको छ ।

झाँक्री, श्रेष्ठ लगायत ५० जना भन्दा बढी केन्द्रीय सदस्य एमालेमा फर्किने निश्चित भएको बताइउको छ । उनीहरूलाई पार्टीमा स्वागतका लागि मंसिर २४ गते राष्ट्रिय सभा गृहमा कार्यक्रम आयोजना गरिने तय भएको हो ।