२८ असार २०८३, आइतबार

जेनजी आन्दोलनमा फिल्डमा खटिएका प्रहरीको बयान आजदेखि

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज देखि सुरु हुने भएको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले आज देखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो ।

यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ । २३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोली लागेर २२ प्रदर्शनकारीको मृत्यु भएको थियो ।

बुधबार मात्रै आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान लिएको थियो ।