२० असार २०८३, शनिबार

चुरे हिल अस्पतालका डाक्टरमाथि कुटपिट

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २० कार्तिक । हेटौंडास्थित चुरे हिल अस्पतालका डाक्टर कुटिएका छन् ।

अर्थोपेडिक सर्जन डा. सुशिल शाहमाथि बिरामीका आफन्तले कुटपिट गरेका हुन् । बिरामीको उपचार प्रक्रिया र भर्नाका विषयमा विवाद हुँदा शाहमाथि कुटपिट भएको बताइएको छ ।

कुटपिट गर्नेमा हेटौंडा–११ निवासी अजित विडारी रहेको जानकारी दिइएको छ ।

घटनाबारे कुनै उजुरी नआए पनि अनुसन्धान गरिरहेको र हातपात गर्ने व्यक्तिको पहिचान गरी खोजीकार्य भइरहेको प्रहरीले जानकारी दियो ।