१५ असार २०८३, सोमबार

बिहार विधानसभा चुनाव : १८ जिल्लाका १२१ निर्वाचन क्षेत्रमा मतदान सुरु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वैशाली जिल्लाका मतदाताहरु

काठमाडौं, २० कात्तिक । २४३ विधानसभा सिट रहेको बिहारमा पहिलो चरणमा आज १८ जिल्लाको १२१ सिटका लागि मतदान सुरु भएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहनेछ ।

आज पहिलो चरणको मतदानमा तेजस्वी यादव, तेजप्रताप यादव, अनन्त सिंह, लोक गायिका मैथिली ठाकुर, भोजपुरी गायक रितेश पाण्डे, भोजपुरी फिल्म स्टार खेसारी लाल यादव, ओसामा शाहब लगायतका उम्मेदवार चर्चामा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पहिलो चरणमा आज पटना, वैशाली, नालन्दा, दरभंगा, बक्सर, सारण, सिवान, सहरसा, बेगुसराय, गोपालगञ्ज, समस्तीपुर, मधेपुरा, मुंगेर, लखीसराय, भोजपुर, मुजफ्फरपुर, खगरिया, शेखपुरा जिल्लामा मतदान भइरहेको छ ।

३ करोड ७५ लाख मतदाताले मतदान गर्नेछन् । १,३१४ उम्मेदवार चुनावी मैदानमा छन् ।

मतदानका लागि ४५,३४१ मतदान केन्द्र रहेको छ भने यसको सुरक्षाका लागि ४,५०,००० सुरक्षाकर्मीहरू खटाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मतगणना नोभेम्बर १४ मा हुनेछ ।