१९ असार २०८३, शुक्रबार

विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्रधानाध्यापकलाइ हाने मुक्का

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, १९ कात्तिक । इन्द्रावती गाउँपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अन्जना भण्डारीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खाम्सोङ तामाङले कार्यकक्षमै मुक्का प्रहार गरेका छन् ।

आज विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेका बेला विव्यस पुनर्गठनको विषयमा छलफल भइरहेकै दौरान तामाङले प्रधानाध्यापक भण्डारीमाथि एक्कासी हमला गरेको बैठकमा सहभागी वडा सदस्य नरेश तामाङले बताए ।

कुटपिटबाट प्रधानाध्यापक भण्डारीको आँखामा चोट लागेको छ । घटनापछि विद्यालयमा तनावपूर्ण वातावरण सिर्जना भएको थियो ।

यसैबीच, नेपाल शिक्षक महासंघ इन्द्रावती गाउँपालिकाले घटनाप्रति कडा आपत्ति जनाउँदै अध्यक्ष तामाङविरुद्ध कानुनी कारबाहीको माग गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।