१९ असार २०८३, शुक्रबार

ट्रम्पलाई धक्का, न्यूयोर्कको मेयरमा भारतीय मूलका जोहरान ममदानी निर्वाचित

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । अमेरिकाको न्यूयोर्क शहरको मेयरमा भारतीय मूलका डेमोक्रेटिक उम्मेदवार जोहरान ममदानी निर्वाचित भएका छन् । ममदानी न्यूयोर्कको पहिलो मुस्लिम मेयर बनेका हुन् ।

अमेरिकी समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार ममदानीले स्वतन्त्र उम्मेदवार रहेका न्यूयोर्कका पूर्वगभर्नर एन्ड्रयू कुओमोलाई पराजित गरेका हुन् ।

ममदानीको जित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि ठूलो धक्का हो । किनकी उनले निरन्तर ममदानीको विरोध गरिरहेका थिए ।

ट्रम्पले एन्ड्रयूलाई समर्थन गर्दै न्यूयोर्कका जनतालाई ममदानीको पक्षमा मतदान नगर्न अपील गरेका थिए ।