काठमाडौं, १८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अन्तर पार्टी निर्देशन–१३ जारी गर्दै हालको राजनीतिक संकट समाधान र राष्ट्रिय स्वाभिमानको रक्षालाई मुख्य एजेन्डा बनाएको जनाएको छ।
ललितपुरमा सम्पन्न दोस्रो विधान महाधिवेशनको निर्णयअनुसार जारी गरिएको निर्देशनमा हालको असामान्य राजनीतिक परिस्थितिमा पार्टी एकताबद्ध रहँदै राजनीतिक स्थायित्व, सुशासन र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गरेको हो।
एमाले केन्द्रीय सचिवालयको बैठकले भदो २३/२४ मा घटेका घटनाक्रमलाई गम्भीर रुपमा लिँदै त्यससम्बन्धी पार्टीको आधिकारिक दृष्टिकोण सार्वजनिक गरेको छ।
निर्देशनमा भनिएको छ, “प्रधानमन्त्रीले राजनीतिक रूपमा हाम्रो पार्टी र आन्दोलनका विरुद्ध प्रतिशोध लिँदै संविधान विपरीत कदम चालेका छन्, जसले राष्ट्रिय स्वाधीनतामाथि खतरा उत्पन्न गरेको छ।”
बैठकले हालको सरकारलाई संविधानविपरीत, असंवैधानिक र अलोकतान्त्रिक चरित्रको संज्ञा दिँदै त्यसविरुद्ध सशक्त राजनीतिक प्रतिरोध गर्ने निर्णय पनि गरेको छ।
एमालेले आसन्न निर्वाचनको तयारीलाई तीव्र पार्ने, पार्टी संगठनलाई बलियो बनाउने र जनतामाझ पार्टीको दृष्टिकोण स्पष्ट गर्ने अभियान अघि बढाउने जनाएको हो।
निर्देशन अनुसार, पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सबै तहका संगठनहरूलाई सक्रिय रहन निर्देशन दिएको छ।
पूर्णपाठ-
































प्रतिक्रिया