३१ जेष्ठ २०८३, आइतबार

कार्यकक्षमै खुट्टा मालिस गराउने गाउँपालिका अध्यक्षले दिए राजीनामा

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १८ कार्तिक । कार्यकक्षमै खुट्टा मालिस गराएको भिडिओ सार्वजनिक भएपछि आलोचना खेपिरहेका गाउँपालिका अध्यक्षले राजीनामा दिएका छन् ।

सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका हुन् ।

उनले कार्यकक्षमै वडाध्यक्षलाई खुट्टा मालिस गर्न लगाएको भिडिओ सार्वजनिक भएको थियो । चौधरीले उपाध्यक्ष कल्पना चौधरीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् ।

आज बसेको कार्यपालिका बैठकले उनको राजीनामा स्वीकृत गरेको हो । चौधरी एमालेबाट निर्वाचित भएका थिए ।