
काठमाडौं, १८ कात्तिक । थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेडले थ्री–क्लासको सुविधासहित एयरबस ए३३०–३०० विमान सञ्चालनमा ल्याएको छ ।
यस विमानले असोज १ गतेदेखि काठमाडौं–बैंकक मार्गमा थ्री–क्लास सुविधासहित सेवा दिन थालेको हो । यो रणनीतिक सुधारले नेपालको बजारमा पहिलोपटक प्रिमियम इकोनोमी प्लस, प्रिमियम इकोनोमी तथा इकोनोमी वर्गको विकल्प दिएको हो । जसले उडान भर्दै आएको बोइङ ७७७ अपरेसनलाई प्रतिस्थापन गरेको छ ।
नेपालको यात्रु सेवा र अनुभवलाई अझै परिस्कृत बनाउन सधैं प्रतिबद्ध रहेको थाइ एयरवेजले जनाएको छ । बैंकक र नेपालबीच यात्रुहरूलाई उच्चस्तरीय आरामदायी सुविधासहितको सेवा प्रदान गरिरहेको हो ।
कात्तिक ९ देखि थाई एयरवेज इन्टरनेशनलले एयरबस ए३३०–३०० दैनिक दुई पटक काठमाडौंमा उडान भर्दै आइरहेको छ।
सुधार गरिएको विमान कन्फिग्रेसन र यात्रु अनुभव
नयाँ एयरबस ए३३०–३०० विमानमा कुल २६४ यात्रु राख्ने गरी तीन प्रकारका सेवा दिन थालिसकेको छ, जुन विविध यात्रुको प्राथमिकता तथा आवश्यकताहरु पूरा गर्न डिजाइन गरिएको हो ।
प्रिमियम इकनोमी प्लस वर्ग : ३१ वटा प्रिमियम सीटहरु जसमा पूर्ण फ्ल्याट बेडहरु, प्रत्यक्ष आईसल पहुँच, र अधिक निजी वातावरण उपलब्ध छन् । लामो उडानका लागि एक अनुपम स्तरको आरामदायी अनुभव प्रदान गरिरहेको छ ।
प्रिमियम इकनोमी वर्ग : ४८ वटा ठूला आरामदायी सिट, खानाको विशेष सेवा तथा प्राथमिकतासँगै बोर्डिङ सुविधासहित इकनोमी र बिजनेस क्लासबीचको अन्तरलाई पूर्ति गर्ने नयाँ क्याबिनको समेत विकल्प छ ।
इकोनोमी वर्ग : कुल १८५ आरामदायी सीटहरु छन् । जसमा आधुनिक मनोरञ्जन प्रणाली, निःशुल्क खानाको सुविधा र चौकस केबिन कर्मचारी सेवाहरू उपलब्ध छन् । जुन यस एयरलाइन्सलाई क्षेत्रभरिका यात्रुहरुले रोजाइको विकल्प बनाउन सक्छन् ।








प्रतिक्रिया